मिलन पाण्डे रास्वपा शिक्षा विभाग प्रमुखमा मनोनीत

मिलन पाण्डे रास्वपा शिक्षा विभाग प्रमुखमा मनोनीत

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

पार्टीमा प्रवेश गरेसँगै रास्वपाले उनलाई शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको रास्वपा सचिवालय बैठकले उनलाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि शिक्षा विभाग प्रमुखमा सुमना श्रेष्ठ प्रमुख थिइन्। उनले पार्टी त्यागेसँग उक्त पद खाली रहेको थियो।

बैठकले डा. प्रभात अधिकारीलाई स्टार्ट अफ विभागको प्रमुखमा चयन गरेको छ।

यस्तै रास्वपा केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा एपीएफका पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ।

बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।