कोरोना संक्रमित कनिकाद्धारा हस्पिटलमा फाइभ स्टार होटलजस्तै सुविधा माग

कोरोना संक्रमित कनिकाद्धारा हस्पिटलमा फाइभ स्टार होटलजस्तै सुविधा माग

एजेन्सी: बेबी डोल गीतबाट निकै चर्चामा आएकी गायिका कनिका कपुर पछिल्लो समय निकै विवादमा रहेकी छन् । कोरोना भाइरसबाट संक्रमित रहेकी कनिका खुलेआम हिडेपछि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्दा दायर पश्चात प्रहरीले उनलाई नियन्त्रणमा लिइ आइसोलेशनमा राखेको थियो । तर, उनले आइसोलेशन रुमलाई टिप्पणी गर्दै आइसोलेशन रुम फोहोर भएको र कोठा सफा नगरिए आफु बस्न नसक्ने प्रतिक्रिया दिएकी छन् ।

उनले घरमा पाउने सबै सुविधा खोजेको बताइएको छ । अस्पतालमा रहेको कोठालाई लिएर उनले आपत्ति जनाएपछि हस्पिटलले पनि फाइभस्टार सुविधा दिन नसक्ने भन्दै जबाफ दिएको बताइएको छ ।