वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्।

अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएसँगै शर्माले पदबाट राजीनामा दिएका हुन्।

उनले नयाँ सरकारलाई सहजहोस् भन्ने उद्देश्यका साथ मंगलबार नै स्वास्थ्य मन्त्रालय पुगेर पदबाट राजीनामा बुझाएको बताएका छन्।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहमा कार्यरत शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए।