प्रधानमन्त्रीविरुद्ध प्रहरी परिसरमा निवेदन: छानबिनको घेरामा बालेन शाह?

प्रधानमन्त्रीविरुद्ध प्रहरी परिसरमा निवेदन: छानबिनको घेरामा बालेन शाह?

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ ।

बल्खु र थापाथली सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्या घटनाको विस्तृत, निष्पक्ष छानबिन माग गर्दै निवेदन दर्ता गरेको प्रवक्ता विजय शाहले जानकारी दिए।

उनले प्रधानमन्त्री एवं गृहमन्त्री शाहको निर्देशनमा सञ्चालित डोजर अभियानले पीडितहरूमा अत्यधिक मानसिक तनाव सिर्जना गरेको बताए।

प्रवक्ता शाहले निवेदनमा लेखेका छन्, ‘दुवै घटना डोजर अभियानका क्रममा पीडितहरूमा डर, त्रास र अनिश्चितता बढेको प्रारम्भिक जानकारीका आधारमा भएको हो।’ उनले मुलुकी अपराध संहिता २०७४ को दफा १०८ (आत्महत्या दुरुत्साहन) अनुसार सम्बन्धित पक्षको जिम्मेवारी निर्धारण गर्न माग गरे।’