२०२० ओलम्पिक खेलकुद यस वर्ष नहुने

२०२० ओलम्पिक खेलकुद यस वर्ष   नहुने

एजेन्सी: जापानको टोक्यो सहरमा जुलाई २०२० मा हुने तय भएको ओलम्पिक खेलकुद सर्ने तथा नहुने भएको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोणा भाइरसको कारण जापानी प्रधानमन्त्री सन्जो ओबेले ओलम्पिकको मिति सार्नुपर्ने बताएका हुन् ।

यसैगरी, सँसारभरका कतिपय देशहरुले ओलम्पिकको मिति सार्न दबाब दिइरहेका छन् ।क्यानडाले जुलाईमा ओलम्पिक भए आफ्नो देश सहभागी नहुने घोषणा समेत गरिसकेको छ साथै न्युजिल्यान्डले खुलापत्र लेख्दै मिति सार्न भनेको थियो ।

अहिले कोरोना भाइरसको संक्रमण जापानमा पनि छ । ओलम्पिकमा धेरै पदक जित्दै आएको अमेरिका, चीन, युरोपेली देश, क्यानडालगायतमा संक्रमणले भयावह रुप लिइसकेको छ । ती देशहरुले ओलम्पिक सार्न आग्रह गर्दै आएका छन् ।

कोरोना भाइरसको महामारी विश्वभर फैलिइरहँदाको संकटलाई मध्यनजर गरी जापानमाथि ओलम्पिकको मिति सार्न दबाब दिइएको हो ।जुलाईमा तय भएको ओलम्पिक खेलकुद यो वर्ष हुनेमा शंका यसअघि नै भएको थियो ।