बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

काठमाडौं । बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ।

रोशी खोला क्षेत्रमा बाढीले सडक अवरुद्ध हुन थालेपछि सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले बिपी राजमार्गमा रातमा समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सबै प्रकारका सवारीलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि रोक लगाइएको उल्लेख छ।