सुनको भाउ बढ्ने क्रम जारी

काठमाडौँ: आज साताको दोस्रो दिन सोमबार पनि सुनको भाउमा निरन्तर उकालो लागको छ।आइतबार तोलामा एक हजार रुपैयाँ बढेको सुन आज पुनः तोलामा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुनको भाउ ७६ हजार ७ सय रुपैयाँ रहेको छ।यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने यथावत छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

विश्वभर देखिएको कोरोनाको महाभारीले अन्तर्राष्ट्रिय बजारमा उतारचढाव भइरहेको र यसका प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ।