अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौं, दक्षिणपक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका  छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ५५३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-७ बस्ने २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भुपेन्द्र सुनार र नलगाड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका  छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.८ प ५५३१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  

पर्सा, पोखरिया नगरपालिका-४ पोखरिया ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय साद आलमलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

 दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ नयाँबस्ती बस्ने २० वर्षीय राजन घर्ती मगर र सोही उपमहानगरपालिका-६ सितानगर टोल बस्ने २१ वर्षीया मुना गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 मोरङ, सुन्दरहरैँचा नगरपालिका-९ ज्योती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट र स्पास्मो ३५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय बिकल राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।