बढ्यो सार्वजनिक यातायात भाडा

बढ्यो सार्वजनिक यातायात भाडा

काठमाडौं। यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ। विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो। बढेको भाडा आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५-५ प्रतिशतका दरले भाडा बढाइएको छ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो। भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो। सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ। विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ। यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ।