बहराइनमा कार्यरत तीन नेपालीमा कोरोना सङ्क्रमण

बहराइनमा कार्यरत तीन नेपालीमा कोरोना सङ्क्रमण

एजेन्सी: रोजगारीको सिलसिलामा बहराइनमा कार्यरत तीन जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । शनिबार बेलुकी परीक्षणको क्रममा नेपाली तीन जना पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको बहराईनस्थित् नेपाली दूतावासले जनाएको हो ।

संक्रमित नेपालीलाई बहराइन सरकारले अस्पतालमा राखी उपचार गरेको र उनीहरुको परिचय गोप्य राखिएको बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासले बताए । त्यस्तै कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेमा दुई पुरुष र एक महिला छन् ।

बहराईनमा अहिलेसम्म ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना सफल उपचारपछि घर फर्किएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । बहराईनमा कोरोनाको कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।