काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
उनका अनुसार लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको र उनीहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको छ।
सो घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।