काठमाडौं। बुधबार प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएसँगै अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ। प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो।
यसैबीचकाठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् ।
सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानैबाट सामान सारिरहेका छन्। प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो। सरकारले सनिबार बिहानदेखि सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ।