मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाको सनाखत

मोटरसाइकल दुर्घटनामा मृत्यु भएकाको सनाखत

बागमती। धरान-चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मृत्यु भएका एक जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बा प्र ०३-००५ प ७२१९ नम्बरको मोटरसाइकलमा पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका-७ फापरबारी निवासी ४१ वर्षीय सूर्यबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०३-००५ प ७२१९ नम्बरको मोटरसाइकल  शुक्रबार साँझ ठोक्किँदा  गम्भीर घाइते भएका थोकरको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी,  हेटौँडा उउपमहानगरपालिका-१८ निवासी ३५ वर्षीय  राजु थिङ र प्र ०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका छन्। उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।