सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दिएका छन्।
 
    पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उनले बताए। नेता खड्काले यो महत्त्वपूर्ण जिम्मेवारीप्रति पूर्ण रूपमा प्रतिबद्ध रहँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

    “सार्वजनिक लेखा समितिलाई प्रभावकारी, निष्पक्ष र जनमुखी बनाउँदै राज्यको स्रोतसाधनको सदुपयोग सुनिश्चित गर्न आफ्नो कर्तव्य इमान्दारीपूर्वक निर्वाह गर्नेछु”, उनले भने।