काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले ढकाललाई समितिको सभापति चयन गरेको हो । ढकाल २०७९ को निर्वाचनमा यो समितिको सदस्य थिए ।
त्यस बेला नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडालाई समितिको सभापतिको जिम्मेवारी दिएको थियो । पछि विवाद सिर्जना भएपछि उनले राजीनामा दिएका थिए ।
राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको कुलिङ पिरियडको विवादका कारण रामहरिले राजीनामा दिएका थिए ।