शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

काठमाडौं। नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ। मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो।

उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन्।

मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाग’ गर्दै सेवा गुणस्तर उकास्ने पहल गरेको छ। देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको छ।

जलनका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न ९ संघीय र १४ प्रादेशिक गरी २३ वटा अस्पतालमा सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।