प्रेमको जीतमा अहिलेसम्मकै भिन्न अवतारमा आर्यन सिग्देल

प्रेमको जीतमा अहिलेसम्मकै भिन्न अवतारमा आर्यन सिग्देल

काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको प्रेमको जीत बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ ।

फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोडल अश्विनी शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ । प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत प्रेमको जीतको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ ।

भिडियोमा सुन्दरी मोडल अश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशव राज भट्टले । लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज मिक्सिगं र मासटरिगं रहेको छ । करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो ।

हेर्नुहोस् भिडियो