अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार ३५ नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो।

गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको उनले जानकारी दिएका छन। डिपोर्ट गरिएकामा अवैध बाटोबाट गएका १२ जना र विद्यार्थी भिसामा गएका दुई जना रहेका छन्। अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरेको हो।

पछिल्लो दुई महिनामा अमेरिकाबाट दुई सय बढी नेपाली डिपोर्ट भइसकेका छन्।