पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने

पश्चिम न्यून चापीय प्रणालीले मौसममा बदली हुने

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।विभागका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूर–पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यसैगरी उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् । सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।