काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ। महशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी र तराई भू-भाग तथा बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती कोशी कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।