कोरोनाका कारण‘ए मेरो हजुर ४’को छायांकन रोक्न बाध्य

कोरोनाका कारण‘ए मेरो हजुर ४’को छायांकन रोक्न बाध्य

काठमाण्डौ: काठमाण्डौ बाहिर भैरहेको अभिनेता अनमोल केसी को चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । नेपाल सरकारले एकै स्थानमा एकैसाथ २५ जना वा सो भन्दा बढी भेला नहुन निर्देशन दिएपछि यसको टिमले छायांकनमा केहि समयका लागी रोक गरेको हो ।

मानव जातीलाई चुनौती बनेको कोरोना सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको र साथै चलचित्रको निर्माण टिम चाडै नै छायांकनमा फर्किने चलचित्रकि निर्देशन झरना थापाले बताइन् । चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको दशैंलाई तोकिएको छ ।