कोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामुहिक छलफल

कोशीका सांसदहरुसँग प्रधानमन्त्री शाहले गरे सामुहिक छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका छन् ।

आज (सोमबार) प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्रीले ती सांसदहरुसँगको छलफलमा तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? र त्यसको समाधानको बाटो के छ ? भनेर चासो राखेका थिए ।

प्रधानमन्त्रीले आजै कर्णालीका सांसदहरुसँग छलफल गरेका छन् । उनीहरुसँग पनि जिल्लाको समस्या पहिल्याउन र तत्काल समाधान गर्न सकिने कुरा सोधेका थिए ।