केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज रातl कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।

बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।