काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन् । अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन् ।
उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन् । महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर!’ ओली पक्राउ परेको घटनाबारे छलफल गर्न पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।