हिमाल र पहाडमा वर्षासहित हिमपातको सम्भावना

हिमाल र पहाडमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

देशभर अधिकांश बादल लागेको छ। हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।