कोमल वलीका बुवाको छतबाट खसेर निधन

कोमल वलीका बुवाको छतबाट खसेर निधन

काठमाडौं। गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ।

आज दाङ तुलसीपुरस्थित निवासमा छतमा घाम ताप्न जाने क्रममा बुवाको निधन भएको कोमलले सामाजिक सञ्जालबाट जानकारी गराएकी छन्।

उनले लेखेकी छन्, ‘अत्यन्तै मर्माहत भएर जानकारी गराउँछु कि मेरा प्यारा बुवा ललितबहादुर वली आज घाम ताप्न जाने क्रममा छतबाट खस्नु भई महाप्रस्थान हुनुभएको छ। म काठमाडौंबाट आउँदै छु। अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि वहाँको पार्थिव शरीर दिपाललित निवास (बाहिनी गेट नजिकै), तुलसीपुरमा राखिने छ!।’