काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेतामा चयन गरेको छ । आज बसेको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको छ ।
शाहले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तय भएको छ । त्यसअघि रास्वपाले केन्द्रीय समितिको बैठकमार्फत शाहलाई दलको नेता नियुक्त गरेको हो ।
रास्वपामा प्रवेश गरेपछि शाह आज पहिलोपटक केन्द्रीय समितिको बैठकमा सरिक भएका हुन् । आजमात्रै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ खाएका छन् । शाहले भोलि (शुक्रबार) अपरान्ह १२ः ३४ बजे प्रधानमन्त्रीको शपथ खाने तय भएको छ ।