बुधबार मात्रै ९ सय ७४ जनाको मृत्यु साथै बिहीबार २ लाख १८ हजार ९ सय २४ जना संक्रमित

बुधबार मात्रै ९ सय ७४ जनाको मृत्यु साथै बिहीबार २ लाख १८ हजार ९ सय २४ जना संक्रमित

काठमाडौँ : विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाइरस तथा कोभिन १९ को संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गइसकेको छ। १७३ राष्ट्रमा फैलिएको यो भाइरसले विश्वभर ८ हजार ९ सय ५२ जनाको ज्यान लिइसकेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा बढी ४ सय ७५ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ।

यस्तै बुधबार इरानमा १४७, स्पेनमा १०५, अमेरिकामा ४३, फ्रान्स ८९, यूके ३३, नेदरल्याण्ड १५ र दक्षिण कोरियामा १० जनाको ज्यान गएको हो ।

बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख १८ हजार ९ सय २४ जना संक्रमित भएका छन् ।