निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

काठमाडौं।  निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ।

आज (आइतबार) कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका पदाधिकारी बालुवाटार पुगेर प्रतिवेदन पेस गरेका हुन्।

उक्त समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल र कानुनमन्त्री अनिलकुमार सिन्हा लगायतको उपस्थिति रहेको थियो । आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलललाई बुझाइसकेको छ।