क्याम्पस प्रमुख कुटिएपछि पठनपाठन बन्द

क्याम्पस प्रमुख कुटिएपछि पठनपाठन बन्द

काठमाडौँ : क्याम्पस प्रमुखलाई कुटिएको विरोधमा काठमाडौँको त्रिचन्द्र क्याम्पस बन्द भएको छ । क्याम्पस प्रशासनले सूचना जारी गर्दै आज एकदिनकालागि क्याम्पसको पठनपाठन बन्द हुने जनाएको छ । साथै आजकालागि तोकिएको प्रयोगात्मक परीक्षा समेत स्थगित गरेको छ ।

सोमबार त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

विद्यार्थीहरूका अनुसार कलेजका विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी सङ्गठन आन्दोलतनरत् थिए । त्यही क्रममा यो घटना सार्वजनिक भएको हो ।