राप्रपाको दलको नेतामा शाही, ओली प्रमुख सचेतक

राप्रपाको दलको नेतामा शाही, ओली प्रमुख सचेतक

काठमाडौं। राप्रपाले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ ।

बिहीबार  बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको छ । २१ फागनुमा सम्पन्न निर्वाचनमा शाही पार्टीबाट निर्वाचित एक्ला सांसद हुन् । यस्तै, प्रमुख सचेतकमा भने खुश्बु ओली चयन भएकी छिन् ।

उनी समानुपातिकतर्फ सांसद बनेकी हुन् । आजमात्रै उनले निर्वाचन आयोगमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेकी हुन् । यो निर्वाचनमा राप्रपा एक प्रत्यक्ष र ४ समानुपातिकतर्फ गरी जम्मा ५ जना सांसदसहित छैटौं दल बनेको छ ।