काठमाडाैं। उपत्यकामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो दिनको अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछाने र वरिष्ठ बालेन शाह सहभागी हुने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रममा हिजो उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए।
नवनिर्वाचित सांसदरुलाई रास्वपाले सुरु गरेको अभिमुखीकरण कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने र वरिष्ष्ठ नेता बालेन शाह भने सहभागी भएनन्।
आज दोस्रो दिनको अभिमुखीकरण कार्यशालामा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
उपसभापति अर्यालका अनुसार हिजो सभापति लामिछाने स्वास्थ्य र वरिष्ठ नेता शाह व्यस्तताका कारण उद्घाटन सत्रमा सहभागी हुन नसकेपनि आज दुवैजनाको स्वास्थ्य स्थिति र कार्यव्यस्तता हेरेर सम्भव भएसम्म दुबै जना कार्यक्रममा सहभागी हुनेछन्। रास्वपाले सार्वजनिक कार्यक्रमको सेड्युलमा भने शाह उपस्थित हुनेबारे केही खुलाएको छैन।