रास्वपाको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने

रास्वपाको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने

काठमाडौं। सभापति रवि लामिछाने अस्वस्थ भएपछि रास्वपाको सचिवालय बैठक भर्चुअल रुपमा बस्ने भएको छ । पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको सांसदहरुको सूची तयार पार्ने र निर्वाचनको विषयमा समिक्षा गर्ने भनेर आज बैठक बोलाएको थियो ।

बैठकका लागि नेताहरु पार्टी मुख्यालय वनस्थली पुगेका थिए । तर, सभापति लामिछानेको स्वास्थ्यमा सुधार नआएर घरमै आराम गर्नुपरेकोले अब बैठक भर्चुअल बस्ने जनाईएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको सांसदहरुको नाम आजै बुझाउन भनेको छ । एमालेले हिजो नै १६ जना सांसदहरुको नाम तय गरिसकेको छ । नेपाली कांग्रेसले पनि आज नाम तय गरेर बुझाउने भएको छ ।