काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ् । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराईका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।