काठमाडौँ। बढैयाताल गाउँपालिका-७ भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-३ जोडीपिपल बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी बजार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-२ खुरबरियाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट र स्पास्मो ४ सय २९ ट्याब्लेट सहित भारत माहाराजगंज थाना पुरान्दर बस्ने १९ वर्षीय आदित्यनाथ यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एबि ५७१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित जनचेतना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सिमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, गढी गाउँपालिका-२ औरावनी चोकस्थित शिवमहिमा मेडिकल हल फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ८ सय २० ट्याब्लेट सहित फार्मेसी संचालिका सोही ठाउँ डेरा गरी बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका-८ घर भएकी ३२ वर्षीया मोनिका चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित दार्चुला लेकम गाउँपालिका-२ कैनडा बस्ने २० वर्षीय गोकुलदेब जोशी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.१ प १६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-६ भरतापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय समिर नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-११ गणेशथानबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नोर्फिन १० एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्जय तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१० चन्द्रनगर बस्ने ३२ वर्षीय भुवन विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भुवनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विरानटनगर महानगरपालिका-३ बरगाछी चोकबाट अवैध लागूऔषध गाँजा ११ किलो ५२ ग्राम सहित भारत अररिया बस्ने २२ वर्षीय कृष्ण कुमार सिंह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।