श्रम संस्कृति पार्टीले पनि टुँग्यायो ४ जना समानुपातिकतर्फका सांसदको नाम, को-को परे ?

श्रम संस्कृति पार्टीले पनि टुँग्यायो ४ जना समानुपातिकतर्फका सांसदको नाम, को-को परे ?

काठमाडौं। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको ४ सांसदमा नाम तय गरेको छ। सो दलले समानुपातिक सांसदमा ३ महिला र १ पुरुषलाई छानेको हो।

पार्टीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका सङ्ग्रौला र दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदमा सिफारिस गरेको छ।

एक पुरूषमा भने आदिवासी/जनजातिबाट पूर्ण लिम्बुको नाम सिफारिस गरिएको छ।