कोभिड–१९:बुधवारदेखि रोकथाम गर्न ओमनमा लकडाउन

कोभिड–१९:बुधवारदेखि रोकथाम गर्न ओमनमा लकडाउन

एजेन्सी:कोरोना भाइरस ९कोभिड–१९०का प्रभावले ओमनले कडा कदम उठाउदै लकडाउन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण धेरै फैलिन नदिन मंगलबार साँझ भाइरसबाट यहाँको सुप्रिम कमिटीले आफ्नो तेस्रो बैठक गृहमन्त्री हमद बिन फैस अल बुसैदीको अध्यक्षतामा आयोजना गरेको थियो । बैठकले कोरोना रोकथाम गर्न ओमनमा लकडाउन गर्ने निर्णय लिएको हो ।

बुधवारदेखि लागू हुने गरि ओमनी बाहेक सबै विदेशी नागरिकलाई तत्कालको लागि ओमन प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ साथ्ै आफ्ना नागरिक देशबाहिर जान पनि प्रतिबन्ध लगाइएको छ । प्रार्थनाबाहेकका अन्य समयमा सबै मजिस्दहरु बन्द रहने निर्णय गरिएको छ । देशका विभिन्न शहरहरुमा रहेका सडक बजार पनि बन्द हुनेछन् ।