काठमाडौं। एमालेले समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम फाइनल गर्नेगरि छलफलमा जुटेको छ। एमालेले अब समानुपातिकतर्फ पार्टीले प्राप्त गरेको १६ सिट आगामी आइतबार मात्रै पठाउने भएको छ।
प्रत्यक्षमा एमालेले ९ सिटमा जित निकालेको छ । पार्टीका निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यले समानुपातिकतर्फका सांसदको नाम तय गर्न सक्रिय भूमिका खेलेका छन्।
कांग्रेसले भने भोलि (शनिबार) नै आयोगमा समानुपातिकतर्फका सांसदको नाम बुझाउने भएको छ।