महावीरलाई थर्काउने युवक तीन पटक लागुऔषध मुद्दामा सजाय काटेर छुटेको खुलासा

महावीरलाई थर्काउने युवक तीन पटक लागुऔषध मुद्दामा सजाय काटेर छुटेको खुलासा

काठमाडौं,। प्रतिनिधि सभा सदस्य महावीर पुनलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाएका व्यक्ति रहेको खुलेको छ ।

पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गरिरहेका बेला गत सोमबार पोखराको सडकमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा–१३ बाँझापाटनका विकास गुरूङ यसअघि तीन पटक पक्राउ परेको प्रहरी अभिलेखबाट खुलेको हो ।

पुस्तक बिक्री गरिरहेका क्रममा पुनप्रति अभद्र व्यवहार गर्नुका साथै अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पुन केही दिनदेखि पोखराका विभिन्न चोकमा पुस्तक बिक्री गर्दै आएका छन्। उनले पुस्तक बिक्रीबाट प्राप्त रकम वीरगञ्ज कृषिऔजार कारखाना सञ्चालनमा खर्च गर्ने बताएका छन्।

सोहीक्रममा पक्रउ परेका गुरूङले जनप्रतिनिधिले जनताको काम बारवाहीबारे चिन्ता लिनुपर्नेमा आफ्नो किताव बेच्दै हिड्न नहुने भन्दै आपत्ति जनाएका थिए ।