१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०७ उम्मेदवार विजयी

१३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १०७ उम्मेदवार विजयी

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएको छ।  रास्वपाका उम्मेदवारले १८ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म १३६ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १५ क्षेत्रमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ। नेकपा (एमाले)ले सात स्थानमा विजयी हुँदा तीन स्थानमा अगाडि रहेको छ।
 
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म चार उम्मेदवार विजयी भएका छ भने ३ स्थानमा अग्रता लिएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी र २ अग्रस्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक स्थानमा विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न  समानुपातिक निर्वाचनतर्फ हालसम्म २९ लाख १० हजार ६७७ मतगणना सम्पन्न भएको छ । आयोगका अनुसार रास्वपाले १४ लाख ६१ हजार ३८१, नेपाली कांग्रेसले चार लाख ९४ हजार २५१, नेकपा (एमाले)ले चार लाख ३ हजार ८९९ र नेपाली कम्युनिष्ट पार्टीले एक लाख ९३ हजार ५५० मत प्राप्त गरेका छन्। राप्रपाले १ लाख ६ हजार ३९६, श्रम संस्कृति पार्टीले ५९ हजार २४१ मत प्राप्त गरेकाे छ।