‘इट्स हर च्वाइस’कमेन्टको समर्थन गर्दा नेहाको श्रीमान् पनि ट्रोल्सको शिकार

‘इट्स हर च्वाइस’कमेन्टको समर्थन गर्दा नेहाको श्रीमान् पनि ट्रोल्सको शिकार

एजेन्सी:केही सातापहिले एम्टिभिबाट प्रशारण हुने रोडिज शोको जज् तथा अभिनेत्री नेहा धुपिया ‘इट्स हर च्वाइस’ वाला कमेन्टका कारण ट्रोलर्सको निसानामा परिन्। यहि कमेन्टको समर्थन गर्दै नेहाको श्रीमान् अंगद बेदीले आफ्नो पाँच प्रेमिकाको तस्बिर सेयर गरे,रयसै कारणले उनी आफैं पनि ट्रोल्सको निसानामा परेका छन्।

श्रीमतीको समर्थन गर्दै एक पोस्टमा उनी लेख्छन्, ‘सुन मेरो कुरा, यी हुन् मेरा पाँच प्रेमिका। जे गर्न सक्छस् गर्।’ ‘इट्स माई च्वाइस’ह्यासट्यागसहित अंगदले श्रीमती नेहालाई आफ्नो यो पोस्टमा ट्याग पनि गरेका हुन्। वास्तवमा आफ्नै श्रीमतीसँग अंगद यी तस्बिरमा अलगअलग पोजमा आफै छन्।

यहि विषयमा श्रीमतीलाई गरेको समर्थन चाहि प्रशंसकलाई मन पर्न गएन। कतिपयले उनले श्रीमतीको गल्तीमा साथ दिएको भन्दै ट्रोल गरेका छन्।