६२ सिटको मतपरिणाम आयो, कहाँ कसले जिते?

६२ सिटको मतपरिणाम आयो, कहाँ कसले जिते?

काठमाडाैं। प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। 

शनिबार साँझ पौने ५ बजेसम्म ६२ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ।

अन्तिम परिणाम घोषणा भइसकेका ६२ निर्वाचन क्षेत्रमध्ये ४९ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

८ वटामा नेपाली कांग्रेस, दुई वटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र २ वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। यस्तै एक स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। 

रास्वपाले जितेका यी ४९ क्षेत्र

१) चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।

उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनले निकट प्रतिद्वन्द्वी मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्।लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ।

२) बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भएका छन्।

उनले २९ हजार ५५१ ल्याएका छन्। उनले आफ्नानिकट प्रतिस्पर्धी एमालेका सुमन मल्ललाई उनले ९९३६ मतान्तरले हराएका हुन्।

३) बाँके १ मा रास्वपाका सुरेशकुमार चौधरी विजयी भएका छन्।

चौधरीले ३२ हजार ७९२ मत प्राप्त गर्दै जित निकालेका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले १५३०१ मत प्राप्त गरे। 

४) काठमाडौं-४ मा रास्वपाका उम्मेदवार पुकार बम विजयी भएका छन्।

उनी २० हजार ३१८ मतान्तरले विजयी भएका हुन्। उनले २९ हजार १४२ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन्।

५) मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्। 

उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ निकटतम प्रतिस्पर्धी कांग्रेसका शेखर कोइराला भए। उनले १२८५० मत प्राप्त गरेका छन्।

६) रूपन्देही ४ मा रास्वपाका कन्हैया बनियाँ २८ हजार ६६ मत लिएर विजयी भएका छन्।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन्।

७) स्याङ्जा-१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वीलाई १० हजार २१४ मतान्तरले पछि पार्दै जित निकालेका हुन्। रेग्मीले २९ हजार ७१ मत प्राप्त गरे। उनकानिकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ।

८) महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी भएका छन्।

उनी २२ हजार १२ मतले विजयी भएका हुन्। महतोले ३४ हजार ६३६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ।

९) काठमाडौं-९ मा रास्वपाका उपसभापति डिपी अर्याल विजयी भएका छन्।

उनी २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन्। उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।

१०) काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्। उनले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याएका छन्।

११) काठमाडौं-३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन्। उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन्। कुलमान ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा छन्।

१२) काठमाडौं-६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

उनले २७ हजार ७१९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनी यसअघि पनि यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णसबुज बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे। यहाँ नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत पाएका छन्।

१३) काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन्। उनी २७ हजार ८०५ मतसहित विजयी भएका हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मत ल्याएर दोस्रो स्थानमा छन्।

१४) काठमाडौं-८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएका छन्। यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुमन सायमिले ३ हजार २१७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ र राप्रपाका उम्मेदवार नवीन शाहीले पनि १ हजार ९०९ मत प्राप्त गरेका छन्।

१५) काठमाडौं-१० मा रास्वपा उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार विष्टले ३७ हजार ४६९ मत पाएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीलाई २९ हजार ३६९ मतान्तरले पछि पारेका छन्। कार्कीले जम्मा ८ हजार १०० मत पाएका छन्। यहाँ तेस्रो स्थानमा रहेको नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत प्राप्त गरेका छन्।

१६) कास्की-३ मा रास्वपाकी बिना गुरूङ निर्वाचित भएकी छन्।

उनी ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरूङले १२ हजार ७८० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल 'बैरागी' ले ७ हजार ९०६ मत पाएर तेस्रो स्थानमा छन्।

१७) मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित भएका छन्। उनले ४० हजार ८३३ मत प्राप्त गरेर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गुरूराज घिमिरेले १२ हजार ८१८ मत मात्रै प्राप्त गरेका छन्।

१८) काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भएका छन्।

उनले ३०७३७ मत प्राप्त जित निकालेका हुन्। निकट प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९१५९ प्राप्त गरेका छन्।

१९) कास्की-२ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्।

उनी २४ हजार ४१८ मतान्तरका साथ विजयी भएका हुन्। ३१ हजार ९११ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेको उम्मेदवार रश्मी आचार्यले ७ हजार ४९३ मत प्राप्त गरेका छन्।

२०) धनुषा-३ मा रास्वपाका प्रवक्ता मनिष झा विजयी भएका छन्।

उनले ४३ हजार ९८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई २७ हजार ६५२ मतले जितेका हुन्। निधिले १६ हजार ३३६ मत ल्याएका छन्।

२१) काठमाडौं-२ मा रास्वपा सुनिल केसी विजयी भएका छन्। 

उनले ३४ हजार २३८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका कबिर शर्माले ८८७४ मत प्राप्त गरेका छन्। राप्रपाकी कुन्तिदेवी पोखरेलले ५२१० मत प्राप्त गरेकी छन्।

२२) भक्तपुर-१ मा रास्वपाका रूकेश रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरी विजयी भएका छन्।

उनका प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा उनको पार्टीले २०४८ सालदेखि विजयी हुँदै आएको थियो। 

२३) बारा-३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९७ मत ल्याएर विजयी भएका छन्। निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत पाएका छन्।

उनीहरू बीचको मतान्तर ३० हजार ६४५ मत छ। तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवको ६८८४ मत छ।

२४) बारा-४ मा रास्वपाका रहबर अन्सारी विजयी भएका छन्। अन्सारी ४१ हजार २०० मत प्राप्त गरेका छन्। विपक्षी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत पाएका छन्।

२५) पर्सा-१ मा रास्वपा बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत प्राप्त गरी जित हासिल गरेका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याएका छन्।

२६) बाग्लुङ-१ मा रास्वपाका सुशील खड्का विजयी भएका छन्। उनले २० हजार ९२७ मत प्राप्त गरी विजय भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका भिमबहादुर श्रीस रानाले ११ हजार ९४४ मत प्राप्त गरे।

२७) बाग्लुङ २ मा रास्वपाका सोम शर्मा १२ हजार ६४७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे। 

२८) पर्वतमा सागर भुसालले २६ हजार ५६१ मत प्राप्त गरी जितेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत र एमालेका पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरे। 

२९) रूपन्देही २ मा रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन्।

उनले नेकपा एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेललाई भारी मतान्तरले पराजित गरेका छन्। खरेलले ४३ हजार ६८९ मतान्तरले जितेका हुन्। पौडेलले १२ हजार ८६१ मत ल्याएका थिए। 

३०) रूपन्देही ३ मा रास्वपाका लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। ५० हजार मतान्तरसहित लेखजंगले जितेका हुन्। 

३१) ललितपुर-१ मा रास्वपाका बुद्धरत्न महर्जनले विजयी हासिल गरेका छन्। उनले २३ हजार ३७३ मत प्राप्त गरे। 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गरे। 

३२) कैलाली-१ मा रास्वपाकी कोमल ज्ञवालीले १७ हजार ८२६ मत ल्याएर जितेकी छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याएका छन्।

३३) सप्तरी-४ रास्वपाका सिताराम साह ३६ हजार ४१२ मतले विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजर १०३ मत प्राप्त गरेका छन्।

३४) सर्लाही-१ रास्वपाका नितिमा भण्डारी कार्कीले ४४ हजार १८१ मत प्राप्त गरेकी छन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ७८७१ मत पाएका छन्।

३५) रौतहट-१ रास्वपाका राजेशकुमार चौधरीले २८ हजार ९४६ पाएका छन्।

एमालेका अजयकुमार गुप्ता दोस्रो स्थानमा छन्। १० हजार ६९३ मत पाएर छन्।

३६) पर्सा-२ सुशीलकुमार कानुनले ३० हजार ७४० मत पाएका छन्। उनका निकटम प्रतिद्धन्द्वि कांग्रेसका अजयकुमार चौरासियाले ११ हजार ८९० मत प्राप्त गरे।

३७) सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल विजयी भएका छन्। उनले १७ हजार ९४० ल्याउँदा उनका प्रतिस्पर्धी नेकपाका लेखनाथ दाहालले १४ हजार ७८० पाए।

३९) नुवाकोट-२ मा अच्युतम लामिछानेले ३२ हजार ५४ मत पाएर जितेका छन्। कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत पाएका छन्।

४०) भक्तपुर-२ मा रास्वपाका राजिब खत्रीले विजयी हासिल गरेका छन्।

यहाँ एमालेका सचिव महेश बस्नेतलाई फराकिलो मतान्तरसहित पराजित गरेका छन्। खत्रीले ४२,३३४ मत पाउँदा बस्नेतले १०,९९६ मत पाए।

४१) काभ्रे-२ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरी जितेका छन्।

कांग्रेसका मधुसुदन आचार्यले १७ हजार ८६८ मत ल्याएका छन्।

४२) चितवन-३मा सोबिता गौतमले ५९ हजार २७७ मत प्राप्त गरेका छन्। नेकपाकी रेणु दाहालले २० हजार ६१५ मत ल्याएकी छन्।

४३) लमजुङमा रास्वपाका धर्मराज केसीले ३३ हजार ८१९ मत ल्याएर जितेका छन्। उनका प्रतिस्पर्धी एमालेका पृथ्वीसुब्बा गुरूङले १६ हजार ८७६ मत ल्याए।

४४) कास्की-१ मा खडकराज पौडेलले ३९ हजार ८८३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याएका छन्।

४५) तनहुँ-१ मा स्वर्णिम वाग्लेले ३८ हजार ४० मत ल्याएर जितेका छन्। कांग्रेस गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याएर पराजित भएका छन्। 

४६) गुल्मी-१ सागर ढकालले २९ हजार ६४२ मत ल्याएर विजयी भएका छन्। एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याए।

४७) गुल्मी-२ मा पूर्व डिएसपी गोविन्द पन्थी विजयी भएका छन्। उनले १६ हजार ९६७ मत पाएका छन्। एमालेका गोकर्ण विष्टले १६ हजार ४०६

४८) अर्घाखाँचीमा हरिप्रसाद भुसालले जितेका छन्। उनले ३५ हजार २३ मत ल्याएर विजयी भएका हुन्। एमालेका पिताम्बर भुसालले २२ हजार ६४९ मत ल्याएका छन्।

४९) कैलाली-५ आनन्दबहादुर चन्दले ३१ हजार ९५३ मत ल्याएर जितेका छन्। कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत पाए। 

कांग्रेसले जितेका यी ८ क्षेत्र

१) तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्।

उनले ११ हजार ५६१ मत प्राप्त गरेका छन् भने निकट प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरेका छन्।

२) रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्।

उनले १० हजार ६५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५५७१ मत ल्याएका छन्।

३) मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ विजयी भएका छन्।

उनले २ हजार ४१५ मत पाएका छन् भने निकट प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छन्।

४) मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

उनले ३ हजार ३०७ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत ल्याएका छन्।

५) दैलेख-१ मा नेपाली कांग्रेसकी बास्ना थापा विजयी भएकी छन्।

उनी १२ हजार ३७२ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।

६) डोटीमा कांग्रेसका भरतबहादुर खड्काले १४ हजार ८९७ मत ल्याएर जितेका छन्। उनका प्रतिस्पर्धी एमालेका दिपकबहादुर धामीले १४ हजार ११० मत ल्याए।

७) अछाम-१ भरतकुमार स्वाँरले १०७५९ मत ल्याएका छन्। नेकपाका भीम रावलले १० हजार २३३ मत ल्याए।

८) जाजरकोटमा खडकबहादुर बुढाले २० हजार १४२ मत ल्याए। नेकपाका शक्ति बस्नेतले १७ हजार ४०७ मत ल्याए।

नेकपाले जितेका यी २ क्षेत्र

१) रूकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी भएका छन्। उनी १० हजार २४० मतसहित विजयी भएका हुन्।

उनकानिकट प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमले ३ हजार ४६२ ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन्।

२) कालिकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनी ९८६ मतान्तरले विजयी भएका छन्।

शाहीले ११ हजार ३३८ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १०३५२ मत प्राप्त गरेका छन्।

एमालेले जितेका यी दुई क्षेत्र

१) बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी भएका छन्। आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्।

राईले २४ हजार ६२८ मत प्राप्त गरेका छन् भने रास्वपाका श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरेका छन्।

२) बझाङमा एमालेका ऐन महरले १८ हजार ५४३ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याए।

स्वतन्त्र उम्मेदवारको जित

अन्तरिम सरकारको शिक्षा मन्त्रीबाट राजीनामा दिएका महाविर पुन म्याग्दीमा विजयी भएका छन्।

उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका थिए। त्यस्तै उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७९१९ मत प्राप्त गरे।