म्याग्दी। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी भएका छन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र उम्मेद्वार पुनले नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले भन्दा तीन गुणा बढी मत प्राप्त गरि विजयी भएका हुन्।
स्वतन्त्र उम्मेद्वार पुनले २२ हजार ८ स ५० मत प्राप्त गरि विजयी हुँदा उनका प्रतिद्वन्द्वी हरिकृष्ण श्रेष्ठले ७ हजार ११९ मत प्राप्त गरे। त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरे। मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।
एउटा मात्र निर्वाचन छेत्र रहेको म्याग्दीमा ८६ हजार३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो।