म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

म्याग्दीमा महावीर पुनको जित सुनिश्चित

म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। 

निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएपछी उनको जित निश्चित भएको हो।

बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गरेका छन्।

सबै मतगणना सकेपछी औपचारिक रूपमा बिजयी घोषणा गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाको धवलागिरी, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९९५ बढी मत ल्याएका छन्।