काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्।
उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन्।