काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।
अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका लिलामणि गौतमको ३ हजार १७ मत छ।
रुकुम पूर्वमा कुल १९ हजार १८८ मत खसेकोमा अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ। गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन्। पूरा मतगणना गर्न र औपचारिक घोषणा हुन भने बाँकि छ।