झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन्। 

    निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिएका छन्। नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरेका छन्।

    यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिएका छन् भने उनलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै छन्। 

    यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा छन्। 

    क्षेत्र नं २ मा इन्दिरा रानामगरले चार हजार ५८० मतसहित सुरुआती अग्रता लिएकी छन् भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मतसहित प्राप्त गरेका छन्। यस्तै क्षेत्र नं १ मा निशा डाँगीले तीन हजार १७० मतसहित अग्रता लिएकी छन्। उनलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याउँदै छन्।