सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नम्बरको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन्।
यहाँको १ हजार ६४० मत गणना हुँदा नेपाली कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी छन्।
थापाले ६ सय चार मत ल्याउँदा नेकपा एमालेका रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन्। तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमर बहादुर थापाले ३३ मत ल्याएका छन्।