काठमाडौं। प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत मतगणना जारी छ। मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ३ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन्।
काठमाडौं – १ मा रञ्जु न्यौपाने, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्ट, धनुषा – ३ मा मनिष झा, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, मोरङ – ४ मा सन्तोष राजवंशी, काठमाडौं – ५ मा सस्मित पोखरेल, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन – २ मा रवि लामिछाने, काठमाडौं – ६ मा शिशिर खनाल, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन्
यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा. लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह (बालेन), तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् ।
कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के.सी., कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेकाा छन् ।
रूपन्देही – ४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम – १ मा भानुभक्त ढकाल, चितवन – १ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् ।
कांग्रेस ४ क्षेत्रमा अगाडि छ । ललितपुर – १ मा उदयशमशेर जबरा, कपिलवस्तु – ३ मा अभिषेकप्रताप शाह र कैलाली – १ मा जनकराज चौधरीले अग्रता लिइरहेका छन् । नेकपा २ स्थानमा अग्रता लिइरहेका छन् । रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् ।