काठमाडाैं। बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मत परिणाम अनुसार काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवार अघि देखिएका छन्। रञ्जु न्यौपानेले काठमाडौं क्षेत्र नम्बर १ बाट ९ हजार ७८ मतसहित अगाडि छिन् भने विराज भक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट ७ हजार ६१७ र प्रदीप विष्टले काठमाडौं क्षेत्र नम्बर १० बाट ६ हजार ४२ मतसहित अग्रतामा रहेका छन् ।
त्यसैगरी काठमाडौं क्षेत्र नम्बर ५ मा सस्मित पोखरेल, काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम, काठमाडौं क्षेत्र नम्बर ७ मा गणेश पराजुली र काठमाडौं क्षेत्र नम्बर ६ मा शिशिर खनालले अग्रता बनाइरहेका छन्।
काठमाडौं बाहिर पनि रास्वपाका उम्मेदवारहरू विभिन्न क्षेत्रमा अघि देखिएका छन्। रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट अग्रता हासिल गरिरहेका छन् भने सोविता गौतमले चितवन क्षेत्र नम्बर ३, स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ र तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ लगायतका उम्मेदवारले पनि प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका छन्।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी छ।